महिला साफः नादियाको ह्याट्रिकमा पाकिस्तानको फराकिलो जित

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानले जित हात पारेको छ । उसले आज माल्दिभ्सविरुद्ध ७–० को फराकिलो जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानलाई जित दिलाउन नादिया खानले चार तथा रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक गोल गरे । 

खेलको ३९ औं मिनेटमा रामिनको गोलमार्फत पाकिस्तानले अग्रता लिएको थियो । 

४८ औं मिनेटमा खादिजाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । ५३ औं मिनेटमा नादियाले पाकिस्तानका लागि तेस्रो गोल गरिन् ।

७८ औं र ८४ औं मिनेटमा नादियाले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि टोली ५–० ले अगाडि बढ्यो ।

९० औं मिनेटमा नादियाले नै व्यक्तिगत चौंथो तथा टोलीका लागि छैटौं गोल गरिन् । थप गरिएको समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० ले विजयी भयो ।



योसँगै चरणबाट बाहिरिइसकेको पाकिस्तानले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।

योसँगै तीन खेलमा दुई हार र एक जितको नतिजा निकाल्दै पाकिस्तानले तीन अंक जोड्दा पराजित तीनै खेलमा पराजित माल्दिभ्स विनाअंक बाहिरिएको छ । 



यो समूहबाट साबिक विजेता भारत र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् । यी दुईबीच आज साँझ साढे ५ बजे हुने खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १५:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया