एक खेल पनि खेल्न नपाई बाहिरियो एपिएफ
फाइल तस्बिर

उपाधि दाबेदार मानिएको विभागीय टोली एपिएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

आज मुलपानी क्रिकेट मैदानमा तथा सुदूरपश्चिम प्रदेशविरुद्धको खेल टस समेत हुन नपाई रद्द भएपछि एपिएफ एक खेल पनि खेल्न नपाई समूह ‘बी’बाट बाहिरिएको हो । उसले खेल्ने चारवटै क्लब रद्द भएका हुन् । 

एपिएफको पहिलो खेल २४ भदौ एनआरएनएसँग थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको एनआरएनएले १३.३ ओभरमा दुई विकेट गुमाएर १२० रन बनाएको अवस्थामा वर्षाले खेल बिथोल्दा एपिएफ अंक बाँड्न बाध्य भयो ।

त्यस्तै, एपिएफको दोस्रो खेल २५ भदौमा प्रदेश १ विरुद्ध त्रिवि क्रिकेट मैदानमा हुने तय थियो  थियो यो खेल पनि टस समेत हुन नपाई नखेली रद्द भयो ।

त्यस्तै, २७ भदौमा मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलपनि टस समेत हुन नपाई रद्द भएको थियो । यही समूहबाट बागमती प्रदेश पनि विना कुनै खेल बाहिरिएको छ । 

यो समूहबाट चार खेलमा पाँच अंक जोडेको एनआरएनए शिर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।



त्यस्तै, एपिएफ, बागमती र सुदूरपश्चिमको समान चार अंक भए पनि सुदूरपश्चिमले रनरेटमा अगाडी रहेकाले सेमिफाइनलमा स्थान बनायो । बागमती र एपिएफको सबै खेल रद्द भएका कारण उनीहरुको कुनै रनरेट छैन् ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १५:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया