नेप्से २१.३० अंकले बढ्यो, ९२ करोड २५ लाखको कारोबार
फाइल फाेटाे

पछिल्लो समय निरन्तर रूपमा घट्दै आएको नेप्से परिसूचक मंगलबार वृद्धि भएको छ । मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । 

सोमबार २६ लाख १३ हजार ४५० कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । 

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशतभन्दा बढीले बढेको छ । 

मंगलबार नेप्से बढेसँगै बोटलर्स नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ । 



यता सामुदायिक लघुवित्तको सेयरमूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १६:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया