नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको बताएका छन् । आफू प्रधानमन्त्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकतामा गर्वबोध गर्न नसकेको उनले सुनाए ।
माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक ‘पलपलको मृत्यु’ विमोचन गर्दै अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लो महसुस हुने गरेको बताए ।
हिजो जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि नलागेको दाबी गर्दै उनले मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित लागेको स्मरण गरे ।
‘एक्लै जंगलमा हुँदा, पहाड उकाला ओराला, नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर आज लाखौँ करोडौँ मान्छेका बीचमा छौं, तर एक्लो महसुस हुन्छ ।’
अध्यक्ष प्रचण्डले सुदन किराती मन्त्री मात्र होइन, प्रधानमन्त्री र राष्ट्रपति पनि हुने सम्भावना रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।