इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत गएरातिकाे खेलमा जित निकालेको छ । उसले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सविरुद्व २–१ काे राेमाञ्चक जित निकालेको हाे ।
समूह `ए´ अन्तर्गतको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र जोएल मटिपले एक/एक गाेल गर्दा आयाक्सका मोहम्मद कुदुसले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएकाे थियाे । २७ औं मिनेटमा कुदुसले आयाक्सलाई १–१ काे बराबरीमा ल्याए ।
८९ औं मिनेटमा माटिपले गाेल गर्दै लिभरपुललाई २–१ काे राेमाञ्चक जित दिलाए । जितसँगै दुई खेलमा तीन अंक जाेडेकाे लिभरपुल दोस्रो स्थानमा रहँदा पराजित आयाक्स समान खेलबाट समान अंकका साथ तेस्रोसमा छ ।
च्याम्पियन्स लिगकै समूह `डी´ अन्तर्गतको खेलमा पाेर्चुगलकाे स्पाेर्टिङ सिपीले टाेटेनहमलाई २–० तथा जर्मनीकाे फ्रान्कफुर्टले फ्रेन्च क्लब मार्सेलीलाई १–० ले पराजित गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।