सेनाका चार कर्णेलको ब्रिगेडियर जनरलमा बढुवा

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले चारजना महासेनानी (कर्णेल) को सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । उनीहरूको पदस्थापनसँगै थप नौजना सहायक रथीको सरुवा गरिएको सैनिक सचिव विभागको पत्रमा उल्लेख छ ।  

बढुवा हुने कर्णेलमा विशेष इन्टेलिजेन्स निर्देशनालयमा रहेका रञ्जित थापा, उपत्यका कमाण्ड हेड क्वार्टरका रामचन्द्र कार्की र अनिल सिंह तथा युद्धकार्य निर्देशनालयका महासेनानी लीलाबहादुर खनाल क्षेत्री रहेका छन् ।

उनीहरूको बढुवापछि सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा रहेका रञ्जित थापालाई पूर्वी कमाण्ड हेडक्वार्टर, कार्कीलाई बाहिनीपति नम्बर ६ बैरेनी र सिंहलाई उपत्यका कमाण्ड हेड क्वार्टरमै सहायक रथीमा पदस्थापन गरिएको छ ।

यस्तै, लीलाबहादुर खनाल क्षेत्रीलाई सहायक रथीको जिम्मेवारीपछि नम्बर ७, बाहिनी अड्डा खरिपाटीमा सरुवा गरिएको छ । त्यस्तै, सरुवा हुने सहायक रथीहरूमा तालिम योजना तथा अभ्यास निर्देशनालयका दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डा, सैनिक कमाण्ड तथा स्टाफ कलेजका कृष्णबहादुर जिसीलाई शोध तथा विकास महानिर्देशनालय र नम्बर ७ बाहिनी अड्डाका सहायक रथी किरण केसीलाई राष्ट्रिय सेवा दलको निर्देशक बनाइएको छ ।

सरुवा गरिएका अन्य सहायक रथीहरूमध्ये नम्बर ५ बाहिनी अड्डाका मानबहादुर महरालाई मानव अधिकार निर्देशनालयको निर्देशक,नम्बर ६ बाहिनी अड्डाका रवीन्द्र केसीलाई तालिम, योजना तथा अभ्यास निर्देशनालयको निर्देशक र नम्बर २८ बाहिनी अड्डाका हिम्मतबहादुर विष्टलाई सैनिक कल्याणकारी महानिर्देशनालयमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।

यस्तै, पूर्वी कमाण्ड हेडक्वार्टरका सहायक रथी भोलानाथ थापा सैनिक इन्टेलिजेन्स कोरमा,सोही कोरका सानुकाजी थापा नम्बर २८ बाहिनी अड्डाको बाहिनीपति र उपत्यका कमाण्ड हेड क्वार्टरका भुवनपूर्ण सत्याललाई अति विशिष्ट तथा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशक बनाइएको छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ११:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया