चोटका कारण मेन्डी र कान्टेले साल्जबर्गविरुद्धको खेल गुमाउने

इंग्लिस क्लब चेल्सीका गोलकिपर एडुवार्ड मेन्डी र मिडफिल्डर एनगोलो कान्टेले चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत आरबी साल्जवर्गविरुद्धको खेल गुमाउने छन् ।

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आजराति अस्ट्रियन क्लव साल्जबर्गको सामना गर्दैछ । 

मेन्डी घुँडाको चोट तथा कान्टे हयामस्ट्रीङमा समस्या देखिएका कारण आजको खेलमा अनुपस्थित हुने क्लबले जनाएको छ । पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १–० को हार बेहेरको चेल्सी घरेलु मैदानमा भने जित निकाल्न चाहन्छ ।

चेल्सीका नवनियुक्त प्रशिक्षक ग्राहम पोर्टरका लागि यो पहिलो खेल हुनेछ । पहिलो खेलमा पराजित भएपछि क्लबले थोमस टुचेललाई बर्खास्त गर्दै पोर्टरलाई नियुक्त गरेको हो । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया