प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी खुमलटार पुगेका छन् । 

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । 

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’   





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १२:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया