सप्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

सप्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटो छेउमा दक्षिणतर्फ कुनौली जाने दशगाजामा बुधबार बिहान साढे ६ बजे एक पुरुषको शव फेला परेको हो । 

नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ४०/४५ वर्षीय पहाडीमूलको जस्तो देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्दा प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटेर शवको जाँच मुचुल्का गरिएको र मृतकको हालसम्म सनाखत हुन नसकेको डिएसपी काफ्लेले बताए । 

मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १२:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया