सेयर बजारमा हरियाली : नेप्से ४७.४६ अंकले बढ्यो
फरकधार / २९ भदौ, २०७९
फाइल फाेटाे

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ । नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ । 



आज कारोबार रकम पनि बढेको छ । दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएकाे छ ।

नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने पाँचवटाको घटेको छ । सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।



आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो ।



यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ । 

  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १६:४२:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया