नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल जेन अल्फा’ स्किम
फाइल फाेटाे

नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो । 

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मूनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ । 

नबिल जेन अल्फा’ एपमार्फत अभिभावकले आफ्ना बालबालिकाका लागि दैनिक कार्य सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताए । 

उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताए । 

सिइओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा बालबालिकालाई बचत गर्ने बानी बसाउने दाबी गरे ।

त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकालाई पनि बचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताए । उनले देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकालाई समेत जिम्मेवार बनाउनुपर्ने बताए । 



अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकालाई बचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताए । बालबालिकाले दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । 

यो स्किममार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पुर्‍याउने बैंकले विश्वास लिएको छ । 
 



  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १६:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया