नेपालमा कोरोना भाइरसका थप ११९ संक्रमित थपिएका छन् । जसमा ८९ जना पिसिआरबाट तथा ३० जना एन्टिजेन परीक्षणबाट पाइएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल एक जनाको भेन्टिलेटरमा र १९ जनाको आइसियूमा उपचार भइरहेको छ । ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म १२ हजार १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार १९१ रहेको छ ।
काठमाडौं उपत्यकामा अझै सक्रिय संक्रमित उल्लेख्य छन् । काठमाडौंमा ८३५, ललितपुरमा ३७६ तथा भक्तपुरमा ३३ जना संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।