सरकार र निजी क्षेत्र आआफ्नै स्वार्थमा अल्झिँदा उत्पादकत्व घट्यो : पूर्वमुख्यसचिव कोइराला

पूर्वमुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोइरालाले यस्तो बताएका हुन् । 

सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भए पनि दुवै आफ्नो आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताए । कोइरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । 

मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउन सके मात्रै समृद्धि वितरण गर्नसक्ने दाबी गर्दै कोइरालाले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालीन समाधान गर्न सरकारले आयात प्रतिबन्धभन्दा उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताए । 

नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताए । 

अहिले सरकार र निजी क्षेत्रको दुवैको उत्पादनमा प्रतिस्पर्धी क्षमता बढाउनेतिर ध्यान नगएको उनको आरोप छ । सरकार तुलनात्मक लाभ विद्युत, पर्यटन र कृषि भनेर बसे पनि तुलनात्मक लाभले केही नहुने उनले औँल्याए । 

उत्पादन र उत्पादकत्व बढाएर नेपालमा नै उपभोग हुने वातावरण सरकारले बनाउनुपर्ने बताउँदै कोइरालाले अहिले सरकारको नियन्त्रणमुखी नीति बढी र खुला नीति कम भएको बताए । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १८:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया