राजेन्द्र लिङ्देनपछिको वरीयता लिएर राप्रपा प्रवेश गर्दै रवीन्द्र
फाइल फाेटाे

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा छन् । उनी अध्यक्ष राजेन्द्र लिङ्देन पछिको दोस्रो वरीयताको नेता बनेर राप्रपा प्रवेश गर्न लागेको बताइएको छ ।

रवीन्द्र पार्टी प्रवेश गरेको १/२ दिनमा घोषणा गर्ने तयारी राप्रपाको छ । रविन्द्र राप्रपा प्रवेश गरेको १/२ दिनमा नै औपचारिक घोषणा हुने महामन्त्री भुवन पाठक बताए ।

रवीन्द्र राप्रपा प्रवेशका लागि केही समयदेखि संवादमा थिए । पद र वरीयताको विषयमा कुरा नमिल्दा राप्रपा प्रवेशको घोषणा हुन ढिलाइ भएको हो । 

रवीन्द्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । यद्यपि राप्रपामा त्यो व्यवस्था नभएपछि उनी लिङ्देन पछिको वरीयतामा राप्रपा प्रवेश गर्ने तयारी गरेका हुन् । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

राप्रपाले रवीन्द्रलाई काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउने भएको छ । यही क्षेत्रबाट स्वतन्त्रतर्फ पुकार बम पनि चुनावी अभियानमा छन् । बम पनि विवेकशील साझाका पूर्वनेता हुन् । यही क्षेत्रबाट कांग्रेसका प्रकाशमान श्रेष्ठ पनि संभावित उम्मेदवार हुन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १९:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया