भारतले श्रीलंकामा आयोजना भएको साफ यु–१७ च्याम्पियनसिपको विजेता बनेको छ । कोलम्बोमा बुधबार भएको फाइनल खेलमा नेपाललाई ४–० ले हराउँदै भारत विजेता बनेको हो ।
कोलम्बो रेस कार्स ग्राउण्डमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले समान एक गोल गरे। कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा कोरोउले टोलीको अग्रता दोब्बर बनाए । खेलको ३८ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई धकेलेपछि कप्तान प्रशान्त लक्समले रातो बेहोर्दै मैदान छाडेका थिए ।
६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । थप गरिएको समयमा अमनले गोल गरेपछि भारतले ४–० को सहज निकाल्यो ।
यो जितसँगै भारतले उपाधि रक्षा पनि गरेको छ । यस्तै, भारतले नेपालविरुद्ध समूह चरणमा बेहोरेको हारको बदला लिएको छ ।
नेपालले समूह चरणमा भारतलाई ३–१ ले हराएको थियो । नेपाल आयोजक श्रीलंकालाई ६–० र भारत बंगलादेशलाई २–१ ले हाराउँदै फाइनल पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।