च्याम्पियन्स लिगमा साबिक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालेकाे छ । उसले गएराति समूह `एफ´ अन्तर्गतकाे खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई २–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हाे ।
घरेलु मैदान स्यान्टियागाे बर्नाबेउमा स्पेनिस क्लबलाई जित दिलाउन फेडेरिकाे भाल्भार्डे र मार्काे एसेन्सियाेेले एक/एक गाेल गरे । खेलकाे ८–० औं मिनेटमा भाल्भार्डेकाे गाेलमार्फत रियलले अग्रता लिएकाे थियाे ।
थप गरिएकाे समयमा एसेन्सियाेले गाेल गर्दै टाेलीलाई २–० को जित दिलाए । याे जितसँगै दुई खेलमा ६ अंक जाेडेकाे रियल शीर्ष स्थानमा रहँदा पराजित लाइप्जिग समान खेलमा १ अंकका साथ पुछारमा छ ।
यही समूहकाे अर्काे खेलमा युक्रेनकाे शाख्तर डाेनेटस्कले स्कटिस क्लब सेल्टिकसँग १–१ को बराबरी खेलेकाे छ । त्यस्तै, समूह `ए´ अन्तर्गतको खेलमा इटालियन क्लब नापाेलीले स्कटिस क्लब रेन्जर्सलाई ३–० ले हराएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।