अग्रता जोगाउन नसक्दा साल्जबर्गसँग बराबरीमा रोकियो चेल्सी

च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले बराबरी खेलेको छ । उसले घरेलु मैदान स्टामफोर्ड ब्रिजमामा अस्ट्रियाको आरबी साल्जबर्गसँग १–१ को बराबरी खेलेको हो ।

गएराति समूह  ‘इ’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्यो । खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा नोआ ओकाफोरले गोल गर्दै साल्जबर्गलाई १–१ को बराबरीमा ल्याए ।

यो नतिजासँगै दुई खेलमा एक अंक जोडेको चेल्सी पुछारमा रहँदा साल्जबर्ग समान खेलमा दुई अंकका साथ तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियन क्लब डिनामो जाग्रेबविरुद्ध ३–१ को जित निकाल्यो । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार ९:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया