एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको बिदाइ भेट

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका बेरीले ओलीसँग एमाले केन्द्रीय कार्यालय, च्यासलमा बिदाइ भेट गरेका हुन् । 
सो क्रममा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाइ तथा धन्यवाद दिएका थिए ।

भेटमा नेपालको विकासमा अमेरिकी सहयोग र नेपाल र अमेरिकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १८:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया