गुन्द्रुकसमेत चाइनाबाट आयात नगरे हाम्रो भान्छा चल्दैन : पूर्वगर्भनर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्र खस्कँदै गएपछि सबैभन्दा तुच्छ भनिएको गुन्द्रुक पनि चीनबाट आयात हुने गरेको बताएका छन् ।  

नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै पूर्वगर्भनर क्षेत्रीले बाहिरबाट आयात नहुँदा नेपालीको भान्छा नचल्ने अवस्था आएको बताएका हुन् ।

बाहिरबाट आएको सामान खरिद गर्न पायो भने अलिअलि बोसो निकाल्न पाउने भएपछि नेपालमा उत्पादन भएको सामान खरिद गर्नै नमान्ने गरेको उनको भनाइ छ । उनले नेपाली उत्पादन प्रयोग गर्न विभिन्न बहानाबाजी गरेर पञ्छिने प्रवृत्ति अहिले पनि कायम रहेको दाबी गरे ।

'बाहिरबाट आएको समान खरिद गर्न पायो भने अलि–अलि बोसो निकाल्न पाउने रै'छ । नपाउने भएपछि नेपालमा उत्पादन भएको सामान खरिद गर्न जहिले पनि आनाकानी गर्ने अनि मूल्यांकन गर्ने बेलामा राम्रो सामान भएन भनेर जाने प्रचलन छ । घाटा मात्रै हेर्ने हो भने सबैभन्दा  तुच्छ भनिएको तर अहिले ठूला—ठूला होटल र दरबारमा प्रवेश गरेको त्यो गुन्द्रुक समेत हामीले चाइनाबाट आयात नगरी हाम्रो भान्छा चल्दो रहेनछ,' उनले भने । 

 जनै र रक्षा बन्धनमा बाँध्ने डोरीसमेत चीनबाट आयात हुने गरेको तर्क गरे । उनले आर्थिक विकास नभएसम्म जाँगर नचल्ने अवस्था रहेको बताए । उनले नेपालले १९ खर्बको व्यापार गर्दा १७ खर्बको व्यापार घाटा भएको बताए ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १८:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया