रुससँगको युद्धकैबीच युक्रेनको कृषि निर्यात ३० लाख टन नाघ्यो
Photo by AFP

युक्रेनको पूर्वाधार मन्त्रालयले बिहीबार एक प्रमुख खाद्यान्न सम्झौताअन्तर्गत युक्रेनको कृषि निर्यात ३० लाख टन नाघेको जनाएको छ ।

अगष्ट १ देखि यो सम्झौता लागू भएयता ३३ लाख ३० हजार टन खाद्यान्न बोकेका १४५ जहाजले युक्रेनी ‘ब्ल्याक सी’ बन्दरगाहबाट एशिया, युरोप र अफ्रिकी मुलुकका लागि प्रस्थान गरेको मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।

बिहीबार मात्रै ओडेसा र चोर्नोमोस्र्क बन्दरगाहबाट अन्न बोकेका नौ वटा जहाज छुटेका छन् भने थप दुई जहाज पिभडेनीको बन्दरगाहबाट बाहिरिने तयारीमा छन् ।

जुलाई २२ मा युक्रेन र रूसले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेनी बन्दरगाहबाट ब्ल्याक सी हुँदै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न र मल ढुवानी पुनः सुरु गर्न छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रुस–युक्रेन द्वन्द्व सुरु भएपछि अवरुद्ध ढुवानी सेवा सम्झौतापछि अन्न बोक्ने पहिलो मालवाहक जहाज ओडेसाबाट लेबनानको त्रिपोली बन्दरगाहका लागि अगष्ट १ मा प्रस्थान गरेको थियो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १८:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया