सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा क्षेत्रमा कुन दलले लिने भन्नेमा सहमति जुटेको छ । जसअनुसार कांग्रेसको भागमा ६८, माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट र राष्ट्रिय जनमोर्चाको भागमा दुई सिटमा सहमति भएको छ ।
कार्यदलले एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको टुंगो लगाउन सकेको छैन । एउटै निर्वाचन क्षेत्र रहेको पाँचथर, संखुवासभा र तेह्रथुम कांग्रेसको भागमा परेको छ । भोजपुर माओवादी केन्द्रको भागमा परेको छ भने धनकुटामा कांग्रेस र जसपा दुवैको दाबी छ । इलाम–१ एकीकृत समाजवादी र २ कांग्रेसको भागमा परेको छ ।
सोलुखुम्बु र खोटाङमा कांग्रेस र माओवादी दुवै दलले दाबी गरेका छन् । ओखलढुंगा र उदयपुर १ कांग्रेसको भागमा परेको छ भने उदयपुर २ माओवादीले पाउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।