सत्तारुढ गठबन्धनले देशभरका अधिकांश क्षेत्रमा सिट बाँडफँटको टुंगो लगाएका छन् । बाँडफाँटमा अझै केही जिल्ला मिल्न बाँकी रहेको छ । पटकपटकको छलफलबाट धेरै जिल्ला मिले पनि केही जिल्लामा अझै रस्साकस्सी बाँकी छ ।
प्रदेश नं १ अन्तर्गत झापाको १, ३ र ४ कांग्रेसको भागमा परेको छ । २ मा कांग्रेस र माओवादी दुवैले दाबी छाडेका छैनन् । ५ माओवादीले पाउने निश्चितजस्तै भएको छ ।
त्यसैगरी, मोरङको १, २, ३ र ६ कांग्रेसको भागमा परेको छ । माओवादीले ४ र ५ मा दाबी गरेको छ जसपाले क्षेत्र नम्बर ५ मा दाबी छाडेको छैन ।
कांग्रेसले मोरङको४ र ५ मध्ये एउटा आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ । सुनसरी क्षेत्र नै १ जसपाको भागमा परेको छ । २, ३ र ४ भने कांग्रेसको भागमा परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।