मधेसका सिट बाँडफाँटमा गठबन्धनलाई सकस, कहाँ सहमति कहाँ बाँकी ?

सत्ता​रुढ गठबन्धनलाई सिट बाँडफाँटमा सबभन्दा सकस मधेस प्रदेशमा देखिएको छ । मधेसका ३२ सिटमा कांग्रेस जसपा र माओवादी प्रमुख दाबेदारका रुपमा देखिएका छन् । नेकपा एकीकृतले पनि सो प्रदेशका केही क्षेत्रमा आफ्नो भाग खोजेको छ । एसका अध्यक्ष माधव नेपाल स्वयं सोही प्रदेशका भएका कारण पनि उनले दाबी बलियो बनाएका छन् ।  

सप्तरीको २ र ३ जसपाको भागमा परेको छ भने ४ कांग्रेसले लिने पक्का भएको छ । १ मा भने कांग्रेस र जसपा दुवैको दाबी कायम छ 

सिरहा १ कांग्रेसको भागमा परेको छ भने ४ जसपाको भागमा पक्का भएको छ । २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीले दाबी गरेका छन् । ३ मा भने कांग्रेस, माओवादी र जसपाको दाबी छ ।

त्यसैगरी धनुषाको ४ नं क्षेत्र कांग्रेसले पाउने पक्का भएके छ । १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुवैको दाबी छ । 

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा परेको छ । सर्लाहीको कुनै पनि क्षेत्र टुंगो लाग्न सकेको छैन । १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दाबी यथावत् छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई सो क्षेत्र छाड्न गठबन्धनका सबै दल सहमत भएका छन् । 



रौत्हटकै क्षेत्र नम्बर ४ कांग्रेसले पाउने पक्का भएके छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।

बारा क्षेत्र नम्बर १ कांग्रेसको भागमा परेको छ भने २ जसपाको भागमा परेको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ । 



त्यस्तै पर्सामा पनि कुनै सहमति जुट्न सकेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । 

माओवादी र एकीकृत समाजवादीले पनि कम्तीमा पर्साका एक–एक सिट आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

दलहरु अहिले समानुपातिक सूची तयार गर्न लागेका कारण प्रत्यक्षतर्फको सिट बाँडफाँट केही दिनलाई थाती राखेका छन् । 

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार २१:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया