गठबन्धनलाई सिट बाँडफाँटमा बाग्मती प्रदेश तुलनात्मक रुपमा सहज

सत्तारुढ गठबन्धनलाई सिट बाँडफाँटमा तुलनात्मक रुपमा बाग्मती प्रदेशमा सहज भएको छ । सो प्रदेशका अधिकांश जिल्लामा सहमति जुटेको छ । 

काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० कांग्रेसले पाउने पक्का भएको छ । ७ जसपा र ८ एकीकृत समाजवादीको भागमा परेको छ । क्षेत्र नं ७ बाट जसपाका मन्त्री राजेन्द्र श्रेष्ठ र ८ बाटनेकपा एसका मन्त्री जीवनराम श्रेष्ठ उठ्ने लगभग पक्का छ । 

काठमाडौमा कमजोर अवस्थामा रहेको माओवादीले २ मा दाबी गरेको छ । सो क्षेत्रका लागि माओवादीले पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिस गरेको छ । यद्यपि, सो क्षेत्रमा कांग्रेसले पनि दाबी छाडेको छैन । क्षेत्र नं ९ मा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् । 

भक्तपुरको दुवै क्षेत्र कांग्रेसले पाउने निश्चित भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीको समानान्तर दाबी छ ।

काभ्रेको १ कांग्रेस र २ माओवादीके भागमा परेको छ । सिन्धुपाल्चोकको पनि  क्षेत्र नम्बर १ माओवादीले लिने र २ कांग्रेसले लिने सहमति भएको छ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट पाउने भएक छन् । रसुवामा कांग्रेसको एकल दाबी छ । 

धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् भने २ मा कांग्रेसले पाउने पक्का भएको छ । नुवाकोटको माओवादी र कांग्रेसको भागमा परेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत १ बाट उम्मेदवार बन्न इच्छुक छन् । माओवादीले पनि सोही क्षेत्र ताकेकाले सहमति भइसकेको छैन ।     



दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिने सहमति भएको छ । सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने पक्का भएको छ । 

चितवनको क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने पक्का भएको छ । २ कांग्रेसले लिने पक्का भएको छ । १ मा कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी छाडेका छैनन् । 



  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार २२:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया