रोनाल्डोको गोलमा युराेपा लिगमा युनाइटेडको पहिलाे जित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित निकालेको छ । उसले समूह `इ´ अन्तर्गत गएरातिकाे खेलमा माेल्दाेभियन क्लब एफसी सेरिफलाई २–० गोलले हराउँदै पहिलो जित निकालेको हो । 

घरेलु टाेलीविरुद्ध युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरे । ​जपम्ब्रु स्टेडियममा खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

 ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि पाहुना टाेलीले २–० को जित निकाल्याे । याे रोनाल्डोको जारी सिजन तथा युरोपा लिगकाे पहिलाे गाेल  हो ।

याे जितसँगै दुई खेलमा तीन अंक जोडेको युनाइटेड दोस्रो स्थानमा रहँदा पराजित सेरिफ समान खेलबाट समान अंकका साथ तेस्रो स्थानमा छ । यही समूहकाे अर्काे खेलमा स्पेनिस क्लब रियल साेसिडाडले साइप्रसकाे ओमोनिया एफसीलाई २–१ ले हरायो ।

लिगअन्तर्गतका अन्य खेलमा राेमा, फ्रेइबर्ग, फेयेनुर्ड, क्युराबग, फेरिन्सभाराेस,ट्राबजाेन्सप्रो,मिडजिल्याण्ड,बाेडाे/गिलिम्ट, लार्नका, ब्रगा, रियल बेटिस र युनियन सेन्ट गिलाेइसेले जित हात पार्दा रेनेस फेनेरबाचसँग बराबरीमा राेकिएकाे छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार ७:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया