काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । डेंगु संक्रमितको संख्या बढ्न थालेपछि महानगरपालिकाले संक्रमित भए वा लक्षण देखिएमा परामर्शका लागि हटलाइन सेवा सुरु गरेको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का अनुसार संक्रमित भएमा वा लक्षण देखिएमा विरामीले ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट परामर्श लिनसक्ने छन् । साथै, १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा पनि लिन सक्ने मेयर शाहले उल्लेख गरेका छन् ।
‘डेङ्गु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११९० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्नु हुनेछ । त्यस्तै, आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ,’ बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘डेङ्गु विरुद्धमा टोल टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।