टुकुचा खोलामा आफूले पौडी खेलेको सम्झिँदै कमल थापाले गरे मेयर र उपमेयरको प्रशंसा
फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल धन्यवाद दिएका छन् । आफू सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको उल्लेख गर्दै अध्यक्ष थापाले मेयर र उपमेयरलाई धन्यवाद दिएका हुन् । 

‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! अध्यक्ष थापाले शुक्रवार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’ 

 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १०:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया