गगन थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको हो । 
अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगु देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जानकारी दिएको  छ । 

थापालाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । 

जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरू उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए । 

त्यति मात्र होइन थापा आफू आफ्नो उम्मेदवारी क्षेत्र काठमाडौं–४ का विभिन्न क्षेत्रमा जानुका साथै अन्य राजनीतिक भेटघाटहरूमा समेत सक्रिय थिए । 
चिकित्सकको सल्लाहअनुसार औषधि लिँदै उनी निवासमै आराम गरिरहेका छन् ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १२:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया