कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ । गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ०.५ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.१ प्रतिशतले बढेको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया