आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्नाको आवेदन लिन बिहीबार देखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि म्यादी भर्नाको लागि आवेदन दिनेहरूको शुक्रबार पनि लामो लाइन लागेको छ ।
आवेदन दिने पहिलो दिन अर्थात् बिहीबार मकवानपुरमा म्यादी प्रहरीका लागि ३ सय ४९ जनाले आवेदन दिएका थिए । गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा १ हजार ४ सय ७२ जना म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि खटाइएको थियो ।
यस पटक मकवानपुरमा गत स्थानीय तहको निर्वाचनको सुरक्षामा खटाइएको म्यादी प्रहरीको सङ्ख्याभन्दा ३ सय जनासम्म थप हुनसक्ने बताइएको छ । आवेदन दिने आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने र साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।