‘लाखे’को जापान राइट्स जेवी गुरुङले किने

सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्री गरिएको छ । जापान निवासी युवा व्यवसायी तथा समाजसेवी जेवी गुरुङले महँगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् । 

फर्स्टलुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइट्स’ का लागि अफर आइरहेको मल्ले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए । 

युवा निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । 
 
११ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । 

औरियन प्रोडक्सन र ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा, संवाद आकाश बरालले लेखेका छन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया