‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यावहारिक रूपमा कार्यान्वयनमा ल्यायो - ऊर्जामन्त्री
फाइल फाेटाे

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याएको बताएकी छन् ।

अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडिसिएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

उनले माथिल्लो अरुण जलविद्युत् आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताइन् । 

उनले अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने बताइन् । 

मन्त्री भुसालले यो आयोजनाले नेपालका वित्तीय संस्थाको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताइन् । 

उनले बैंक वित्तीय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधरण सेयर दिनु पनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्चस्तरबाट पुष्टि हुँदै गएको दाबी गरिन् ।



मन्त्री भुसालले माथिल्लो अरुणभन्दा बढी क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताइन् ।



  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १५:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया