सरकारमा छँदा एमालेले गरेका कामको फेहरिस्त बोकेर निर्वाचनमा जान ओलीको निर्देशन
फाइल फाेटाे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभाका सांसदलाई बिदाई गरेको छ । एमालेले प्रतिनिधिसभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाई गरेको हो । 

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभाका सांसदलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए । 

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे । 

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउने गरी निर्वाचनमा खट्न नेतालाई आग्रह गरेका छन् । उनले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदलाई धन्यवाद ज्ञापन गरेका थिए ।

'आज संसदीय दलका नेताले हाम्रा प्रतिनिधिसभाका सबै सांसदलाई बिदाई पनि गर्नुभयो । र, उहाँले धन्यवाद दिनुभयो' उनले भने, 'हामीले संसदमा जे जस्तो भूमिका निर्वाह गर्यौँ‍ । सत्तामा बस्दा होस् । बाहिर बस्दा होस् । हामीले निर्वाह गरेको भूमिकाका लागि सबैलाई धन्यवाद पनि दिनुभएको छ र तपाईंहरू अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत दिलाउनका लागि सशक्त भूमिकाका साथ अगाडि बढ्न उहाँले निर्देशन गर्नुभएको छ’ 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १५:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया