एमसीसी चीनको प्रतिवाद गर्न आएको होइनः अर्थविद् डा. वाग्ले
फाइल फाेटाे

अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.वाग्लेले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताएका हुन् । 

उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताए । 

डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए । 

उनले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गरे । 

डा.वाग्लेले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्च गर्न नसकेको उदाहरण रहेको भन्दै खर्च गर्न नसकेको देख्दा आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए ? जस्तो लाग्ने गरेको बताए । 



उनले अब वैदेशीक दातृ निकायहरुले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गरे । 

उनले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताए । 



डा. वाग्लेले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताए । उनले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पुर्‍याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १९:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया