‘नेपाली पात्रो’मा थपियो ट्रेन्डिङ समाचार कति पटक पढियो हेर्ने सुविधा

नेपाली पात्रोले समाचारको नयाँ सुविधासहित एन्ड्रोइडमा अपडेटेड भर्जन .. तथा आइओएस  भर्जन ६.३.० सार्वजनिक गरेको छ ।

नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधाअन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ  । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको नेपाली पात्रोले जनाएको छ ।

नयाँ भर्जनमा आफ्नो रोजाइ (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित सकिने सुविधा थपिएको छ । प्रयोगकर्ताले लगइन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका सञ्चारगृह र आफ्नो रुचि मात्रका सामग्री प्राप्त गर्न सक्ने छन् ।

नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटा भन्छन्, ‘नेपाली पात्रो समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ । राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नवीन प्रयोग गरिएको छ ।'

नेपाली पात्रोको नयाँ अपडेटमा के ?



नयाँ डिजाइनः सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् ।

जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।



बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरु केवल समाचार होइनन ति भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन ।

धैरेले यस्ता सामग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गर्नुहुन्छ । यसकै समाधान भनेको बुकमार्क सुविधा हो । नेपाली पात्रो लगइन गरे पनि नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ ।

लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गर्नुभएमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गर्नुभएमा सुरक्षित राखिएका बुकमार्क सामाग्रीहरु देखिनेछैनन् ।

उपयोगी फुटर ट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेटने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।

ट्रेन्डिङ समाचारः प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नया अपडेटेड समाचार युआईले तपाईलाई कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्विरमा आँखा चिन्ह सँगै देखाइएको छ ।

तेस्रो फुटर ट्याबः फुटर भागको तेस्रो सुविधा भनेको तपाइको लागि (पर्सनलाइजेशन) सुविधा हो र यो गज्जब छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वस्नीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।

चौथो फुटर ट्याबः यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ति प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएक छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटेको छ ।

जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नुहुनेछ । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहेको छ भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ जतिबेला तपाईंले त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्नुहुनेछ । यस सुविधाले तपाइले कुन नोटिफिकेशन पढ्नु भो या पढ्नुभएको छैन भन्ने कुरा सम्झाइरहने छ ।

पाँचौ फुटर ट्याबः ‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नविन अविष्कारहरुलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष १० समाचारः यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा तपाईंलाई मनपर्नसक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।

 

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार २०:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया