राप्ती नदीमा बाढी आउने सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर

जल तथा मौसम विज्ञान विभागका अनुसार राप्ती नदीले बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । जल सतह बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूले आज दिउँसो १ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

‘बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउनुहोला,’ जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत भनेको छ । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ७:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया