दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्यो
फाइल तस्बिर

यस वर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे अनुसार आजबाट टिकट बुकिङ खुलेको हो । 

देशका बिभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्कसँगै चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाटसमेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ ।

यस पटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडा दर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ । 

दशैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, कहाँको भाडा कति ?





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ८:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया