कानुन कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदको - सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदको भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नु भएको बताए । 

उनले सांसदले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठीकसँग कार्यान्वयन गरे/नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदकै भएको बताए । उनले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको कामको महत्त्वपूर्ण भूमिका हुने पनि उल्लेख गरे । 

सभामुख सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

सभामुख सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टरले राम्रोसँग विकास निर्माणको काम नगरेको अवस्थामा काम गराउनका लागि विकास तथा प्रविधि समितिले भूमिका खेलेको भन्दै समितिको कामको प्रशंसासमेत गरे ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १४:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया