स्थानीय तहलाई बजार अनुगमन गर्न मन्त्री बडूको आग्रह
फाइल फाेटाे

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहलाई प्रभावकारी रूपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् । 

उनले दशैँ, तिहार, छठलगायतका चाडपर्व आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि हुने भएकाले तीनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । 

उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भए पनि ती तहबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए । 

मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पत्तिको यथार्थ अभिलेखीकरण राख्न निर्देशन दिए । उनले कम्पनीको सम्पत्तिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देशन गए । 

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्री वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखामा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १७:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया