बालेनको प्रश्न : राष्ट्रपति र माधव नेपालले अब कुन मुखले भोट माग्‍ने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपालले आफ्नो क्षेत्रका जनतासँगको सहमति पालना नगरेको भन्दै कटाक्ष गरेका छन्। 

शनिबार सामाजिक सञ्‍जालमा लेख्दै मेयर शाहले तीनकुनेमा ५० वर्षदेखि आफैंले हस्ताक्षर गरेको समस्या समाधान नगरेर अब कुन मुखले भोट माग्‍ने ? भन्दै उनीहरुलाई प्रश्‍न गरेका हुन्। 

‘आदरणीय माधव नेपालज्यू तथा सम्माननीय रास्ट्रपतिज्यू, प्रधानमन्त्री बन्‍नुभयो रास्ट्रपति बन्‍नुभयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन,’ उनले भनेका छन्, ‘अब कुन मुख देखाएर जनतामाझ भोट माग्‍न जानुहुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्‍ने आशा राखेको छु।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया