वर्तमान व्यवस्थाको विकल्प छैन : वाग्मती प्रदेश प्रमुख शर्मा

वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताएका छन् । 

वाग्मती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले उनले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विस्तार गर्दा विषयगत कार्य गर्न सहज भएको र देखिने काम सुरु भएको बताए । केन्द्र र स्थानीय सरकारको अभ्यास पुरानो भए पनि प्रदेश सरकारको अभ्यास नयाँ भएको र यसले नै संघीयता कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा वाग्मती​ प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले काम गरेन वा प्रदेश सरकार काम छैन भनेर निर्वाचनमा जान नैतिकताले नदिने बताए ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २१:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया