महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन गठित समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।

महाभियोग सिफारिस समितिले शनिबार निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको थियो। समितिले शनिबारै सभामुख सापकोटालाई सो प्रतिवेदन बुझाएको हो। 

समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको हो। प्रतिवेदनमा एमालेले आठबुँदे असहमति जायर गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले पनि महाअभियोगमा असहमति जनाएको छ । 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन महाभियोग सिफारिस समितिले नौ बुँदामा आधारहरु प्रस्तुत गरेको छ । 

११ सदस्यीय समितिको बहुमत सदस्यले जबरामाथि नौ आरोपसहित प्रतिवेदन तयार गरेको हो । जसमा २ वटा सुझाव रहेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २२:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया