नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने भएको छ । आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबराभित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन,’ बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ।
निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार सर्वोच्च प्रशासनमा फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । यो खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक बोलाएको थियो । त्यसपछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रूपमा उपस्थित भएका छन् ।
सर्वोच्च अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।