जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताए ।

उनले संविधान अनुरुप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानुनहरू समयमै बनाउनुपर्ने बताए । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै आम नेपाली जनताको जीविकोपार्जन सहज गर्नको लागि आर्थिक क्रान्ति आवश्यक छ । देशको अहिलेको आवश्यकता भनेको शिक्षामा पनि, शिक्षा पुरानो ढर्राले दिएर मात्रै पुग्दैन ।’ 

नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभूत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने बताए । ‘शिक्षालाई सीपसँग जोडेर १२ कक्षा पास हुँदा खेरी नै सीप सिकेर आफ्नो आगामी भविष्य अगाडी बढाउनको  लागि सक्षम नागरिकको रूपमा विकसित गर्न सक्नुपर्छ । स्वास्थ्य सुलभ, सहज तवरले प्राप्त हुनुपर्‍यो,’उनले भने, ‘त्यो गर्नका लागि स्थानीय तहहरूलाई मजबुत गरेर देशभरका वडाहरूमा वडा क्लिनिक स्थापना गरेर प्रारम्भिक जाँच गर्न ल्याब क्लिनिकमा हुने गरी र रोग नलाग्ने वातावरण तयार गर्नको लागि सरकारले अगाडी बढाउँछ । बेरोजगारलाई रोजगारमा परिणत गर्नको लागि हरेक निर्वाचन क्षेत्रमा सरकारले तालिम केन्द्र स्थापना गर्नुपर्‍यो । सबैलाई चाहिने सीप सिकाउने तालिम केन्द्र खोल्नुपर्‍यो ।’

सिंहले सरकारले देशभरका वडाहरूमा क्लिनिक स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि सबै निर्वाचन क्षेत्रमा तालिम केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए । 

उनले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सी समेत त्यागेको उल्लेख गर्दै नेता गणेशमान सिंहबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १२:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया