नेपाल बारका अध्यक्ष घिमिरेले भने - जबराले सर्वोच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गरे

नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । 

उनले संसदको कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोग को सम्बन्धमा आगामी संसदले प्रस्ट पार्ने बताए । ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरूको कार्यकाल सकिएको हो । संसद सकिएको होइन,’ उनले भने, ‘संसद सकियो भन्ने तर्क गरिँदै छ, त्यो गलत हो । संसद अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिँदैन । सांसदहरूको कार्यकाल सकिएको छ । तर कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडी बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब त्यो आगामी संसदले त्यसलाई प्रस्ट गर्नेछ ।’

अध्यक्ष घिमिरेले  बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको बताए । प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १३:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया