अमेरिकाको कोलोराडो राज्यमा दुईवटा साना विमान आकाशमा ठोक्किदा तीनजनाले ज्यान गुमाएका छन् ।
शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । उसका अनुसार बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका हुन् ।
एउटा विमानमा दुईजना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।