सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दुमा सेयर बजार बन्द भएको छ ।
२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ ।
सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।