पहिरो प्रभावितलाई मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले बाँडे राहत

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री बलबहादुर सोडारीले अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । 

मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका  परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यकता राहतको लागि भोलिबाट नै उपलब्धता गराउने उनले जानकारी दिए । 

कमलबजार नगरपालिका,  तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवश्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए । 

शुक्रबार राति आएको अविरल वर्षाका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो  ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २१:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया