राणालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपतिको निम्तो

राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशकै हैसियतमा निम्ता दिएकी छिन् । राष्ट्रपति भण्डारीले उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी हुन्।

सरकारले राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएको छ । उनको सुरक्षामा तैनाथ पिएसओबाहेकका सुरक्षाकर्मीलाई पनि सरकारले फिर्ता बोलाइसकेको छ । 
 
राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधानन्यायाधीशका हैसियतमा निम्ता गरेकी छिन्।

राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । 

प्रधानन्यायाधीशको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ। सरकार प्रमुख र राष्ट्रप्रमुखबीचको मतभेदले देशको राजनीतिलाई तरंगित बनाएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २१:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया