स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड विजयी भएको छ । ऊ मड्रिड डर्बीमा घरेलु टोली एटलेटिको मड्रिडविरुद्ध २–१ ले विजयी भएको हो ।
वान्डा मेट्रोपोलिटानो स्टेडियममा रियललाई जित दिलाउन रोड्रिगो र फेडेरिको भाल्भर्डेले एक/एक गोल गर्दा एटलेटिकोका लागि मारियो हर्मोसोले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा रोड्रिगोको गोलमार्फत रियलले अग्रता लिएको थियो । ३६ औं मिनेटमा भाल्भार्डेले टोलीको अग्रता दोब्बर बनाए ।
८३ औं मिनेटमा हर्मोसोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो प्रर्याप्त नबन्दा रियल २–१ ले विजयी भयो ।
थप गरिएको समयमा हर्मोसोले नै दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि एटलेटिको १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै ६ खेलमा १८ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिँदा पराजित एटलेटिको समान खेलबाट १० अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।